• शनिबार, असोज १० २०८३

नेपाल बंगलादेश बैंकबाट बंगलादेशी बैंकले लगानी फिर्ता लैजाने


बुधबार, असार ३० २०७८
510
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंकबाट बंगलादेशी बैंकले लगानी फिर्ता लैजाने
भएको छ ।

बैंकमा ४० अर्थात ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता प्रतिशत सेयर रहेको बंगलादेशको आईएफआईसी बैंकले आफ्नो स्वामित्वको सम्पूर्ण सेयर विक्रीका लागि आवेदन दिएको बैंकले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंकको निर्देशन, यस बैंकको प्रवन्धपत्र तथा नियमावली र आइएफआईसी बैंकसँग रहेको संस्थापक सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक सेयरधनीहरुको हुने भएकाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त सेयरहरु बिक्री गर्न लागेको बैंकले राष्ट्र बैंक लगायतका नियमकलाई लेखेको पत्रमा उल्लेख छ ।

उक्त सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिनुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार