काठमाण्डौ । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एक दिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।
इङ्ग्ल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीयमा बाबर आजमले ले १ सय ५८ रनको शतकीय पारी खेल्दै आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान बनाएका हुन् ।
बाबरले ८१ औं पारिमा १४ औं शतक पूरा गरेका हुन । बाबर एक दिवसीयमा सर्वाधिक छिटो १४ औं शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् । त्यस्तै इङ्ग्ल्यान्ड सँगको एक दिवसीय खेलमा शतक बनाउने बाबर पाकिस्तानका दोस्रो कप्तान हुन् । यसअघि इमरान खानले शतक बनाएका थिए ।
आजमले दक्षिण अफ्रिकाका पूर्व खेलाडी हाशिम अमला, भारतीय कप्तान विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको रेकर्डलाई समेत पछि पारेका छन् ।