गोरखा । सिरानचोक गाउँपालिकाद्धारा मानवसेवालाई सहयोग गरेको छ । सहयोगापेक्षी सडक मानवलाई आश्रय दिइरहेको उक्त आश्रमलाई यस वर्ष एक लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रीता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपानेले सयुक्त रुपमा आश्रम अभिभावक परिवारका सदस्य आत्मराम श्रेष्ठलाई उक्त रकमको चेक प्रदान गरेका हुन ।
गाउँपालिकाले उपलब्ध गराएको उक्त रकम आश्रमका बालबालिकाको भरणपोषण र आश्रमको भवन निर्माणमा खर्च गरिने बताइएको छ । विभिन्न व्यक्ति तथा निकायको सहयोगमा सञ्चालित उक्त आश्रमले अहिले गोरखा नगरपालिका ८ मा आफ्नै भवन निर्माण गरिरहेको छ ।