• बिहिबार, साउन १४ २०८३

गोरखा नगरपालिकाले आज सबै वडामा काेराेना बिरुद्धकाे खोप लगाउँदै


बुधबार, असार ३० २०७८
810
Shares

गोरखा । गोरखा नगरपालिकाका सबै वडामा आज कोरोना बिरुद्धको खोप लगाइदैछ । यस पटक ५५ वर्ष माथिका व्यक्ति र अन्य पेशा व्यवसाय गर्नेहरुलाई पनि खोप लगाउन लागिएको छ । विद्यालय, विश्वविद्यालयका शिक्षक/प्राध्यापक, कर्मचारी, सार्वजनीक यातायातमा कार्यरत चालक, सह चालकले पनि खोप लगाउन पाउने छन् । खोप लगाउन परिचय पत्र भने अनिवार्य गरिएको छ ।

५५ वर्ष माथिका नागरिकले उमेर पुष्टि गर्न नागरिकता, राहधानी, सवारी चालक अनुमती पत्र जस्ता सरकारी निकायले प्रदान गरेका परिचयपत्रहरु ल्याउनु पर्नेछ । यस अघि विभिन्न चरणमा सञ्चालन गरिएको खोप अभियानमा छुटेकाहरुले पनि यस पटक खोप लगाउन पाउनेछन् ।

स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी, सरकारी कर्मचारी, सरसफाईको क्षेत्रमा काम गर्ने लगायत अग्रपङतीमा रहेका तर छुटेकाहरुलाई पनि खोप लगाउन आउन सरकारले सार्वजानिक सुचना मार्फत अनुरोध गरेको छ ।

नगरबासीले १४ वटै वडाको स्वास्थ्य चौकी र नगर स्वास्थ्य केन्द्रमा खोप लगाउन पाउन छन् । वडा नम्बर ६ का सर्वसाधरणका लागि भने गोरखा अस्पतालमा खोप केन्द्र निर्धारण गरिएको छ । यस पटकको खोप कार्यक्रम सञ्चालनका लागि गोरखा नगरपालिकामा २ हजार ८१६ मात्रा भेरोसिल खोप प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।

यसैगरी जिल्लाका ११ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुँदैछ । ५५ वर्ष माथिका सर्वसाधरण र शिक्षक, प्राध्यापक, सवारी चालक सहचालक र यस अघिका विभिन्न समूहमा पर्ने तर छुटेकाहरु सबैलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने १८ वर्ष माथिका सबैलाई खोप लगाउने तयारी छ । छिमेकी जिल्लासँग सिमाना जोडिएका पालिकाहरुमा सबै नागरिकलाई खोप लगाउने कार्यक्रम अनुसार त्यहाँ भने १८ वर्ष माथिका सबैलाई खोप लगाउन लागिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार