काठमाडौं । मंगलबार देशभर २ हजार ३९८ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

जसमध्ये ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ३९ जनामा पोजेटिभ देखिएको हो भने ३ हजार ९ सय ५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७ सय ५९ जनामा पोजेटिभ देखिएको हो।
संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। यीसहित मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ। यस्तै सोही अवधिमा २ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन्।