Modern metal handcuffs. Vector illustration in flat style
बालिका बलात्कार गरेको आरोपमा बझाङमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्।
जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका जगदीश जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार पीडित बालिकाका परिवारले जोशीविरूद्ध जाहेरी दर्ता गरेपछि सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।
ती पुरूषले गत असार १८ गते बालिकालाई मिठाइ दिने भन्दै फकाएर आफ्नो कोठामा लगेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ।
बालिकाको मेडिकल परिक्षण गरिएको भए पनि रिपोर्ट आएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।