• सोमबार, भाद्र २२ २०८३

जापानले नेपालसहितका एसियाली मुलुकलाई अष्ट्राजेनेका खोप दिने


मंगलबार, असार २९ २०७८
605
Shares


काठमाडौं । जापानले नेपालसहितका एसियाली मुलुकहरूलाई कोरोनाभाइरसविरूद्ध अक्सफोर्डरअष्ट्राजेनेका भ्याक्सिन अनुदानमा दिने भएको छ।

मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् नेपालसहितका एसियाली मुलुकहरूलाई १ करोड १० लाख डोज भ्याक्सिन अनुदानमा दिने घोषणा गरेका हुन् ।

उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।

जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन।

समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन्।

उनले इन्डोनेसिया, ताइवान र भियतनामलाई १०/१० लाख डोज खोप दिइने जानकारी दिएका छन्।

जापानले कोभ्याक्सका लागि १ अर्ब डलर ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार