• शनिबार, असोज १० २०८३

बुंकोटका एक सय ८ जना सुत्केरी तथा गर्भवती महिलालाई अण्डा वितरण


मंगलबार, असार २९ २०७८
895
Shares


गोरखा। गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा वडा भित्रका सुत्केरी तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको छ।

नेपाल सरकारको खाद्य तथा पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन कार्यक्रम अन्तरगत वडा भित्रका एक सय ८ जना सुत्केरी तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको हो।

स्वास्थ्य चौकीमा आएर नियमित रुपमा चेक जाँच गराउने बच्चा जन्माउने महिलाहरुलाई लक्षित गरेर सो कार्यक्रम गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । स्वास्थ्य चौकीमा आज एक कार्यक्रम गरि अन्डा वितरण गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार