• शनिबार, असोज १० २०८३

भारतमा झन्डै एक महिनापछि एकैदिन दुई हजार बढी संक्रमितको मृत्यु


मंगलबार, असार २९ २०७८
620
Shares


काठमाडौं । भारतमा २७ दिनपछि कोरोना संक्रमितको मृत्युदरमा अचानक वृद्धि भएको छ । सोमबार २ हजार २४ जनाको मृत्यु भएको छ ।

यसअघि दुई हजारभन्दा बढी मृत्यु १६ जूनमा भएको थियो, त्यतिबेला २ हजार ३ सय २९ जनाको मृत्यु भएको थियो ।

मृतकमध्ये सबैभन्दा धेरै मध्यप्रदेशमा भएको छ । यहाँ १ हजार ४ सय ८१ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, राज्यको १हजार ४ सय ७८ मृतकको पुरानो आँकडा मिलाउँदा यस्तो भएको हो । महाराष्ट्रमा पनि पहिला यस्तै गरिएको थियो ।

त्यहाँ ९ जुलाईमा मृतकको पुरानो आँकडा मिलाएपछि ७ सय ३८ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । त्यसपछि पनि देशभरी भएको मृत्युको आँकडा १ हजार २०७ सम्म पुगेको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार मृतकको पुरानो आँकडा १७ मेमा पहिलो पटक मिलाइएको थियो । त्यसपछि जूनको अन्तिम दुई दिन र जुलाईको सुरुवाती दुई दिनमा लगातार पुरानो मृत्युको आँकडा जोडिएको थियो ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितमा भारी गिरावट आएको छ । ३०हजार ८ सय १८ नयाँ संक्रमितको पहिचान भएको छ भने ४८ हजार ९ सय १६ निको भएका छन् ।

भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २० हजार १ सय २६ को कमी आएको छ । यो पछिल्लो २४ दिनमा सबैभन्दा धेरै हो । यसअघि २८ जूनमा २० हजार ८ सय ७२ सक्रिय संक्रमित कम भएका थिए । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार