http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस दिन तेजाबी सुन समेत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।