काठमाडौं । नेपाल पत्रकार महासंघको पहलमा कोरोना खोप लगाउन छुटेका पत्रकारका लागि आजदेखि लगाउने व्यवस्था गरिएको छ। खोप आज, भोली र पर्सी (असार २९, ३० र ३१ गते) लगाउने व्यवस्था गरिएको हो।

स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँमार्फत सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप लगाउने व्यवस्था गरेको छ।
महासङ्घको परिचयपत्र, सूचना विभागको परिचयपत्र वा महासङ्घ केन्द्रीय समितिको सिफारिसका आधारमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको हो।
काठमाडौँ उपत्यकाबाहिरका हकमा भने जिल्ला स्वास्थ्य कार्यालयमार्फत समन्वय गरेर खोप लगाउन सबै जिल्ला शाखालाई आग्रह गरिएको छ।