काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७ हजार ६ सय ८९ जनाको पिसिआर परीक्षणबाट १ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ८ सय ९५ जनाको एन्टिजेन परीक्षणबाट ६ सय ८० जनामा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १ सय ३३ जना संक्रमणमुक्त भएका छन्।
यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।
