गोरखा । गोरखामा निषेधाज्ञा जारी भएदेखि बन्द भएको होटल तथा रेष्टुरेन्टहरु असार ३० बाट सञ्चालनमा आउने भएको छ ।

दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भनेर जिल्लामा गत बैशाख २१ गतेदेखी निषेधाज्ञा जारी गरिएको थियो ।
आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले होटल, खाजा घर, मिठाई पसल र रेष्टुरेन्ट सञ्चालन गर्न दिने निणर्य गरेको हो ।
टेक अवे तथा होम डेलिभरी सेवा सञ्चालन गर्ने गरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म होटल तथा रेष्टुरेन्ट खोल्न दिने निणर्य भएको प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर रोकाले बताए ।
