गोरखा । गोरखामा निषेधाज्ञा साउन ९ गतेसम्म लम्बिएको छ ।
आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा साउन ९ गतेसम्म लम्ब्याउने निणर्य गरेको हो । यसअघि जारी निषेधाज्ञा भोली २९ गते राती १२ बजेबाट सकिदैछ ।


थप गरिएको निषेधाज्ञा अवधिमा पसल व्यवसायहरु बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खोल्न पाउने निणर्य भएको प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिए ।
यस्तै होटल, रेष्टुरेन्टले पनि सो अवधि भरी टेक अवे तथा होम डेलिभरी सेवा सञ्चालन गर्न पाउने निणर्य भएको उनले बताए ।
