• शनिबार, असोज १० २०८३

मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासनको आग्रह


सोमबार, असार २८ २०७८
530
Shares

मनाङ । निरन्तरको वर्षाले मर्स्याङ्दी नदीको बहाव कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो ।

सूचनामा भनिएको छ, ‘यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सचेत र सतर्क रहनु हुन जिल्ला विपद् व्यवस्थापन समितिबाट सूचित तथा अनुरोध गरिन्छ ।’

चामे गाउँपालिकाको– ४, ५ र नासो गाउँपालिकाको– १ को तालगाउँ नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, “नासो १ तालगाउँ मर्स्याङ्दी नदी किनारमै छ । यहाँ विशेष सावधानी अपनाउनुपर्छ । सिरान क्षेत्रमा भीषण वर्षा भएकाले खोलाको बहावको जोखिम रहेकाले तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गर्दछु ।”

जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सयौँ घरपरिवार विस्थापित भएका छन् ।

यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवा लगायतबाट वञ्चित भएका छन् । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार