• शनिबार, असोज १० २०८३

उच्च अदालतकी कर्मचारी मृत भेटिइन्


सोमबार, असार २८ २०७८
640
Shares


उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत् एक जना कर्मचारी कार्यालय परिसरभित्रै मृत भेटिएकी छन् ।

कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुलीको शव सोमबार बिहान ८ बजे ‘शंकास्पद’ रूपमा भेटिएकी हुन् ।

पराजुलीको शव मुख्य न्यायाधीशको निवास र कार्यालयबीचमा रहेको पानी बग्ने ठाउँमा घोप्टो परेको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन ।

उनका अनुसार अहिले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको छ । ‘डग स्निफिङपछि थप अनुसन्धान हुनेछ’ श्रेष्ठले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार