चितवन । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ ।


इच्छाकामना–६ मा पर्ने कालीखोलामा सोमबार बिहान करिब साढे ४ बजेतिर सडकमा पहिरो खसेको थियो।
अहिले पनि सुक्खा पहिरो खस्नेक्रम चलिरहेकाले सवारी साधन चल्न सकेका छैनन्।
पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।