• मंगलबार, असोज १३ २०८३

छोराको हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया पुगिन राष्ट्रसंघको कार्यालयमा


मंगलबार, माघ २१ २०७६
1.5K
Shares

छोराको हत्यारालाई कारवाहीको माग गर्दै निरन्तर अनशनरत गोरखाकी गंगामाया अधिकारी नेपालस्थित संयुक्त राष्ट्रको कार्यालय पुगेकी छिन् ।

अधिकारीले मंगलबार नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तराष्ट्रिकरण गर्न सहयोग गरिदिन अपील गरिन् ।

आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाले लामो समयदेखि न्याय पाउन नसकेको भन्दै गंगामाया अधिकारीको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गरेकी छिन्् । उनले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कुनै हालतमा पनि छुट दिन नहुने बताइन ।

गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही गर्न माग गर्दै आएकी छन् । भ्यालरीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै गंगामाया अधिकारीले सरकारले आफुलाई न्याय नदिएकोले संयुक्त राष्ट्र संघसँग न्यायको अपिल गर्न बाध्य भएको बताइन् ।

आवासीय प्रतिनिधि भ्यालेरीले नेपालको संक्रमणकालीन न्यायका विषयमा चासो देखाएकी छन् । भ्यालेरीले संयुक्त राष्ट्र संघीय महासन्धीमा हस्ताक्षर गरेको नाताले पनि नेपालले महासन्धीमा भएका अधिकारहरुको पालना गर्नुपर्ने बताए ।

अधिकारीले तत्कालीन सशस्त्र द्वन्द्वकालमा २०६१ सालमा हत्या गरिएका भनिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आएकी छन् ।

गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको आमरण अनशनकै क्रममा २०७१ असोजमा निधन भएको थियो । उनको शव अहिलेसम्म टिचिङ अस्पतालमै थन्किएर बसेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार