• शनिबार, असोज १० २०८३

बारपाक सुलिकाेटका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना बिरुद्ध भ्रष्टाचारकाे मुद्धा


सोमबार, असार २८ २०७८
550
Shares

गोरखा । बारपाक सुलीकोट गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङ, लेखापाल गंगाबहादुर घले, इन्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

आपसी मिलेमतोमा सो गाउँपालिका ७ को झाक्रीचोक, धारापानी, देउराली, बहाँकोट सडक निर्माण गर्दा वास्तविक कामभन्दा बढी नाप गरेर बिलभरपाई पास गरी रकम भुक्तानी गरेको दायर गरिएको उजुरी पत्रमा उल्लेख छ ।

उनीहरु चार जनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको अख्तियारले पुष्टि गर्दै उनीहरुलाई बिगो तीनलाख ६८ हजार चारसय २० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय (३) बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल हुनसमेत मागदाबी गरी मुद्धा दायर गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार