काठमाडौं । आइतबार देशभर १ हजार ८ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २ सय ३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६ सय ८३ जनाको परीक्षण गर्दा ५ सय ९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
थपिएकासहित देशभर २६ हजार १ सय ७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १ सय ७५ जना भेन्टिलेटरको सहायतामा छन्।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५ सय ३३ जना कोरोनाबाट निको भएका छन्।
पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ।
