• शनिबार, असोज १० २०८३

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने


आइतबार, असार २७ २०७८
875
Shares


मनकामना स्मार्ट लघुवित्त कम्पनीको आईपीओ भोलि असार २८ गते बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार असार २८ गते सोमबार विहान ९ः३० बजे कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाडँफाँड हुने भएको हो ।

लघुवित्तले गत असार १८ गते बिहीबारदेखि १ सय रुपैयाँ दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता प्राथमिक सेयर जारी गरेको थियो ।

जसमध्ये, ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी खुल्ला गरेको थियो ।

उक्त आइपीओमा माग गरेभन्दा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार