• शनिबार, असोज १० २०८३

हत्या भएको एक महिनापछि सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला


आइतबार, असार २७ २०७८
820
Shares


जेठ १९ देखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव गाडिएको अवस्थामा भेटिएको हो । पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट सुजिताको शव बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ ।

शव २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीको संयुक्तरुपमा उत्खनन गरि फेला पारेको हो ।

शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते उत्खनन गर्दा सुजिताले लगाएको लुगासहित शरिरका अवशेषहरु फेला फरेको थियो । सुजिताको हत्याको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्याबारे उनकै ५ बर्षीय छोराले खुलाएपछि प्रहरीले खोज तलास शुरु गरेका थिए ।

सुजिताको हत्याको आरोप लागेका सासु, ससुरा पति राम र देवरानी रोमालाई पक्राउ गरेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

घटनाबारे थप अनुसन्धान तथा खोजतलास भईरहेको घटनास्थलमा पुगेका प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार