• बिहिबार, साउन १४ २०८३

गोरखामै भेटियो ३ जनामा कोरोनाको नयाँ ‘डेल्टा भेरिएन्ट’


आइतबार, असार २७ २०७८
785
Shares

गोरखा । गोरखाका ३ जनामा कोरोना भाइरसको नयाँ डेल्टा भेरिएन्ट पुष्टि भएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि गत जेठ ३१ गते लिइएको नमुनामध्ये गोरखाका ३ जनासहित गाण्डकी प्रदेशमा ५ जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

जसमा गोरखामा पुष्टि भएकामध्ये सबै जना बारपाक सुलिकोट गाउँपालिकाका रहेका छन् । सो गाउँपालिकाका ७०, ३३ र ४० बर्षका महिदालाई नयाँ डेल्टा भेरिएन्ट देखिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

त्यस्तै स्याँजा कालीगण्डकी गाउँपालिकाका १४ र ६० बर्षका पुरुषलाई समेत सो भेरिएन्ट पुष्टि भएको शर्माले सिभिलखबरलाई बताए ।

आइतबार प्रेश विज्ञप्ती जारी गर्दै संयाेजक शर्माले याे भेरिएन्ट पहिलाकाे भन्दा संक्रमण हुने दर बढी रहेकाले स्वास्थ्य सुरक्षाकाे मापदण्ड कार्यान्वयनमा ध्यान दिन समेत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार