• शनिबार, असोज १० २०८३

गोरखा नगरपालिका ८ मा रेडियो स्रोता समुह गठन, अध्यक्षमा थापा, सहजकर्तामा परियार


आइतबार, असार २७ २०७८
1K
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ८ मा रेडियो स्रोता समुह गठन भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत सोच नेपालको पहल तथा वडा कार्यालयको समन्वयमा स्रोता समुह गठन भएको हो ।

समुहले परियोजना अन्तरगत उत्पादन हुने साझा बोली रेडियो कार्यक्रम सुन्ने र आफ्नो स्थानको विकास निर्माण, पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवद्र्धनका पक्षमा पैरवी गर्ने साथै बिभिन्न सवालहरुमा छलफल, वहसलाई अघि बढाउनेछ ।

वडा नम्बर ८ को कामीडाँडाँमा गठन भएको समुहको नाम बाह्रविसे–कामीडाँडाँ नागरिक सञ्जाल राखिएको छ । स्थानीय जित बहादुर थापा मगरको अध्यक्षतामा १९ सदस्यिय सञ्जाल निर्माण भएको बताइएको छ ।

जसको उपाध्यक्षमा चित्र बहादुर परियार, सचिवमा टिका माया थापा मगर, कोषाध्यक्षमा देव बहादुर परियार, सहसचिवमा नन्द बहादुर परियार सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सलिना विक, मैया थापा, अनिता थापा, मनमाया परियार, कल्पना परियार, रेश्मा थापा, पुष्पा परियार, नानु परियार, मेनुका परियार, समिर थापा मगर, कोपिला थापा, लक्ष्मी परियार, शिला थापा र जनुका थापा रहेका छन् ।

त्यस्तै सञ्जालको सहजकर्ताको रुपमा शान्ती परियार चयन भएकी छिन् ।

सञ्जालले स्थानीय स्तरमा भएका समस्याहरुको पहिचान गर्ने, समस्या हलका लागि वहस, पैरवी तथा वकालतको काम गर्नेछ । त्यस्तै स्थानीय नागरिकको क्षमता विकासमा समेत सञ्जालले बिभिन्न निकायसंगको सहकार्यमा कार्यक्रम अघि बढाउने योजना बनाएको छ ।

पहुँच, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक तथा साँस्कृतिक रुपमा समेत वडा नम्बर ८ का अन्य वस्तीभन्दा निक्कै पिछडीएको भन्दै त्याहाका नागरिककाे नेतृत्व विकास गर्ने उदेश्यले सोच नेपालको अगुवाईमा कामीडाँडाँ गाउँमा नागरिक सञ्जाल गठन गरिएको जिल्ला अधिकृत मोहसिन अलि मियाँले बताए ।

सञ्जालले हरेक महिना दुई पटक बैठक बस्ने र आफ्ना सवालहरुमा नियमित छलफल अघि बढाउने समेत कार्ययोजना बनाएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार