• शनिबार, असोज १० २०८३

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा


आइतबार, असार २७ २०७८
925
Shares


तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फीरूपमा सञ्चालन छ।

म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गासहितको पहिरो खसेपछि २४ घण्टादेखि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको हो।

शनिबार बिहान ८ बजेदेखि नै एकतर्फी सञ्चालनमा आएको राजमार्ग दुईतर्फी बनाउने प्रयास भए पनि सफल नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।

‘ढुङ्गा फुटाउने काम भइरहेको छ, ठूलो भएकाले हिजो दिनभर पनि सकिएन’, उनले भने। राजमार्ग एकतर्फी हुँदा बेला–बेलामा सवारी साधन जाममा पर्ने गरेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार