गोरखा । रोटरी र रोट्रयाक्ट क्लब अफ बज्र मनास्लुको सयुक्त पदस्थापना भएको छ । दुबै क्वलका वर्ष २०२१/०२२ को नेतृत्वमा चुनिएका अध्यक्ष एवं पदाधिकारीले शनिवार सयुक्त रुपमा भदभार सम्हालेका हुन् ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तकाे प्रमुख आतिथ्यतामा भएकाे एक कार्यक्रमका वीच वर्ष २०२०/०२१ का अध्यक्ष विष्णु रानाले वर्ष २०२१/०२२ का अध्यक्ष कृष्णमान श्रेष्ठलाई पद हस्तान्तरण गरेका हुन् ।
यसैगरी प्रेसिडेण्ट इलेक्ट रामकुमार श्रेष्ठ, प्रेसिडेण्ट नोमिनी शिशुबाबु प्रधान, भाइस प्रेसिडेण्ट अमृत बोगटी, सेक्रेटरी सुमेन्द्र श्रेष्ठ, ट्रेजरर्र रामशरण कोइराला, एक्जुकेटिभ सेक्रेटरी सुदीप कोइराला, जोइण्ट सेक्रेटरी सुवासबाबु श्रेष्ठ, चेयर क्लव एडमिन निधि तिमिल्सिनाले सयुक्त रुपमाा पदभार ग्रहण गरेका छन् ।
सर्भिस प्रोजेक्ट चेयर भोलाप्रसाद मरहट्टा, चेयर टिआरएफ किरणबाबु श्रेष्ठ, चेयर पब्लिक इमेज विनोदबाबु अर्याल र चेयर मेम्बरसिप ग्रोथ गणेश श्रेष्ठलाई जिम्मेवार हस्तान्तरण गरिएको छ ।
यता रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको अध्यक्षमा निर्वाचित सुरेन्द्र श्रेष्ठले पनि पदभार सम्हालेका छन् । वर्ष २०२०/०२१ का अध्यक्ष चिजकुमार श्रेष्ठले उनलाई पद हस्तान्तरण गरेका थिए । यसैगरी भाइस प्रेसिडेण्ट सन्दीप बयलकोटी, सेक्रेटरी प्रकाश श्रेष्ठ, ट्रेजरर्र आस्था श्रेष्ठले पनि पदभार ग्रहण गरेको रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुले जानकारी दिएको छ ।