• शनिबार, असोज १० २०८३

बुंकोटमा सार्वजनिक सुनुवाई सम्पन्न


आइतबार, असार २७ २०७८
520
Shares

गोरखा । शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । आर्थिक बर्ष २०७७/७८ मा वडाभित्र सञ्चालित तथा आगामी २०७८/७९ को बजेट, योजना तथा कार्यक्रमका बारे सरोकारवालाकावीच सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

वडा कार्यालयको आयोजना तथा सोच नेपालको सहजीकरणमा शुक्रबार भएको कार्यक्रममा वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा चालु आर्थिक बर्षमा सम्पन्न भएका योजना तथा कार्यक्रमका साथै आगामी बर्षको कार्ययोजनाका बारेमा वडाध्यक्ष श्रेष्ठले सम्पूर्ण विवरण तथा जानकारी प्रस्तुत गरेका थिए ।

यस बर्ष वडाभित्र वडागत ६५ लाख बराबरको बिभिन्न योजनाहरु सम्पन्न भएको कार्यक्रममा श्रेष्ठले सार्वजानिक गरेका छन् । कुन योजनामा बति बजेट खर्च भएको र योजनाको हालको अवस्थाका बारेमा उनले सहभागीलाई जानकारी गराएका हुन ।

त्यस्तै आगामी आ.व. मा गाउँपालिकाबाट ९० लाख रुपैया बराबरको बजेट प्राप्त भएको र सो बजेट कुन कार्यक्रमका लागि खर्च हुदैछन् भन्ने बारे समेत उनले सार्वजनिक गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले वडामा सम्पन्न भएका तथा आगामी योजनाहरुका बारे राखेका प्रश्न, जिज्ञासा तथा गुनासोको वडाध्यक्ष श्रेष्ठले जवाफ दिएका थिए ।

कार्यक्रममा कोरोना भाइरसको जोखिमका कारण वडाका बिभिन्न निकाय तथा स्थानीयलाई प्रतिनिधीमुलक रुपमा सहभागी गराइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार