• शनिबार, असोज १० २०८३

गोरखाकाे भीमकुल सहकारीबाट ३० लाख रुपैयाँ चोरी, सिसिक्यामेरामा देखिए २ जना


शनिबार, असार २६ २०७८
830
Shares

गोरखा । गोरखाकाे एक सहकारीबाट ३० लाख रुपैया रकम चाेरी भएकाे छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङ्गमा रहेकाे भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराती ३० लाख रुपैयाँ चोरी भएको हाे । 

शुक्रबार राति सहकारीबाट ३० लाख रकम सहित एक थाक कम्प्युटर चाेरी भएको सहकारीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

गएराति करिब तीन बजेकाे आसपासमा सहकारीको मूल गेट फुटाएर ऋण शाखाको सेफमा रहेको ५० लाख मध्ये ३० लाख रकम चोरी भएको उनले बताए । चाेरी घटना सिसिक्यामेरामा कैद भएपनि हालसम्म पहिचान भने खुल्न नसकेकाे बताइएकाे छ ।

घटनाका बारे छानबिन गर्न बोर्लाङ प्रहरी चौकीबाट प्रहरीहरु साे सहकारीमा पुगिसकेकाे र जिल्ला प्रहरी कार्यालय गोरखाबाट समेत एसपी शेखर खनाल, डिएसपी प्रकाश दाहालसहितकाे टाेली त्यसतर्फ गएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार