• शनिबार, असोज १० २०८३

राजस्व संकलनका लागि आज शनिबार पनि बैंक खुल्ने


शनिबार, असार २६ २०७८
915
Shares

राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु आज शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका हुन् ।

त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो ।

यद्यपि चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेवा दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि शाखा कार्यालयहरुले चेक क्लियरेन्स समेतका केही सेवाका लागि शनिबार बैंक खुला हुने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार