गोरखा । गोरखामा एक फरार अभियुक्त पक्राउ परेका छन् । गौबध मुद्धाका फरार अभियुक्त शुक्रबार पक्राउ परेका हुन ।
गोरखा जिल्ला अदालतबाट कैद सजाय तोकिएका तर फरार रहेका बारपाक सुलिकोट गाँउपालिका वडा नं ७ बस्ने ३० वर्षिय विकास सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका अभियुक्तलाई कैद भुक्तानका लागी कारागार कार्यालयमा पठाइएको जनाइएको छ ।