• आइतबार, असोज ११ २०८३

असार अन्तिमसम्मै झरी पर्ने, सतर्कता अपनाउन अनुरोध


शनिबार, असार २६ २०७८
2K
Shares

जल तथा माैसम विज्ञान विभागले असार अन्तिम सम्म नै झरी पर्ने विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो ।

आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना भएकाे मौसमविद् शान्ति कँडेलले बताइन् ।

आज प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने अनुमान मौसम विज्ञान विभागको छ ।

देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसैबीच वर्षाका कारण सडक पनि प्रभावित हुने हुँदा अति आवश्यक नपरि नहिँड्न पनि आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार