• बिहिबार, साउन १४ २०८३

भारतको केरलामा भेटियो जिका भाइरस


शुक्रबार, असार २५ २०७८
710
Shares

काठमाण्डौ । भारतको केरलामा जिका भाइरस भेटिएको छ ।

त्याहाँ एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको सञ्चारमाध्यमले जनाएका छन् ।

सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएको हो ।

लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ । गर्भवतीलाई जिका भाइरसको जोखिम धेरै हुन्छ । यसले बच्चाको दिमागी विकासमा अवरोध गरी मस्तिष्कको आकार सानो बनाइदिन्छ ।

भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइरस भेटिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार