काठमाण्डौ । कोरोना विरुद्धको दुवै मात्रा खोप लगाएर कतार गएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ ।
जुलाई १२ अर्थात् असार २८ गतेदेखि कतार सरकारको यो निर्णय कार्यान्वयनमा आउने छ ।
कतारले देशहरूलाई हरियो, पहेँलो र रातो गरी तीन वर्गमा विभाजन गरेको छ । रातो सुचीमा परेका देशबाट जाने यात्रुहरूले भने कतार पुगेपछि पीसीआर परीक्षण गर्नुपर्छ ।
कतारले फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ ।