• आइतबार, असोज ११ २०८३

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो


शुक्रबार, असार २५ २०७८
1K
Shares

काठमाडौं । सरकारले चिनबाट खरिद गरेको ८ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ ।

शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप काठमाडौं ल्याइएको हो ।

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार