• बिहिबार, साउन १४ २०८३

कारितासले दियो गोरखा र आँपपिपल अस्पताललाई २१ लाख बढीको स्वास्थ्य सामाग्री


बिहिबार, असार २४ २०७८
780
Shares

गोरखा । कारितास नेपाल जिल्लाका दुई अस्प्ताललाई २१ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सिआरएस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा कारितासले जिल्ला अस्पताल गोरखा र आँपपिपल अस्प्ताललाई २१ लाख ६९ हजार ३ सय ३९ रुपैया बराबरको सामाग्री सहयोग गरेको हो ।

कोभिड १९ रेस्पन्स कार्यक्रम अन्र्तगत गोरखा अस्पताललाई १३ लाख ३७ हजार ४ सय २२ र आँपपिपल अस्पताललाई ८ लाख ३१ हजार ९ सय १७ रुपैया बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको कारितास नेपालका कार्यक्रम संयोजक हरिस सिंह कुवरले जानकारी दिए ।

गोरखा अस्पतालमा मेडिकल सुपरिटेण्डेन डा शान्ति भुर्तेल र आँपपिपल अस्पतालमा प्रशासकिय अधिकृत बावुराम गीरीलाई संस्थाले सामाग्री हस्तान्तरण गरेको थियो ।

जसमा मास्क, ग्लोप्स, फेस सिल्ड, स्यानिटाइजर, आइसोलेसन गाउन, गम बुट, सुज कभर, बेड, बेड सिट, अक्सोमिटर, थर्मोमिटर लगायतका सामाग्री रहेको कुवँरले सिभिलखबरलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार