काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणहरुको लागि साधारण सेयर बिक्री खुल्ला गरेको छ।
कम्पनीले ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो। उक्त सेयर कित्तामध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीको साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको साधारण सेयर खरिदका लागि असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।