• आइतबार, असोज ११ २०८३

बजेट पास गरेर मात्रै खर्च गर्न स्थानीय तहहरुलाइ अर्थ मन्त्रालयको ध्यानाकर्षण


बिहिबार, असार २४ २०७८
2.5K
Shares

काठमाण्डौ । अर्थ मन्त्रालयले गाउँ र नगर सभाबाट पास गराएर मात्रै बजेट खर्च गर्न स्थानीय तहहरुलाइ ध्यानाकर्षण गराएको छ ।

असार १० गतेसम्म गाउँ र नगर सभामा बजेट पेस गर्नुपर्ने तथा सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य कार्यक्रम समावेश गरेर बजेट स्वीकृत गर्ने र खर्च गर्नुपर्ने कानुनी व्यवस्थालाई पालना गर्न अर्थ मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।

बजेट पेस र पारित नभएका पालिकालाई यथाशीघ्र बजेट ल्याउन र पास गर्न भन्दै अर्थ मन्त्रालयले वित्तीय कानुनको पालनामा पनि सचेत गराएको छ ।

असार १० गतेभित्रै बजेट पेस गनुपर्ने र त्यसको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रणालीमा इन्ट्री गर्नुपर्नेमा अझै दुई सय ८४ पालिकाले इन्ट्री गरेका छैनन् ।

मन्त्रालयका अनुसार चार सय ६९ पालिकाले मात्रै बजेट पेस भएको विवरण इन्ट्री गरेका छन । केही पालिकाले बजेट नै नल्याएको र ल्याएकामध्ये केहीले विवरण इन्ट्री नगरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार