विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख भन्दा धेरै पुगेको छ ।
कोभिडका कारण सबैभन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाएका छन । दोस्रो स्थानमा भारत रहेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख भन्दा बढीले कोभिडबाट ज्यान गुमाएका छन भने भारतमा ४ लाख भन्दा धेरै व्यक्तिको कोभिडबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङ्काका अनुसार विश्वभर अहिलेसम्म साढे १८ करोड भन्दा बढी मानिसमा कोभिड संक्रमण भइसकेको छ । भारतमा अहिलेसम्म ३ करोड भन्दा बढी संक्रमित भइसकेका छन् ।
नेपालमा अहिलेसम्म ६ लाख ५० हजार १ सय ६२ जनामा कोभिड संक्रमण भएको छ भने कोरोनाका कारण ९ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ । यस्तै ६ लाख १४ हजार ४ सय २७ जना संक्रमणमुक्त हुँदा आइसोलेसनमा २६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन ।