• आइतबार, असोज ११ २०८३

हर्पन खोलामा निर्मित सिल्टेसन ड्याम बाढीले बगायो


बिहिबार, असार २४ २०७८
715
Shares

पोखरा । हर्पन खोलामा निर्मित सिल्टेसन ड्याम बाढीले बगाएको छ ।

विहिबार बिहान देखि आएको अविरल वर्षाले फेवा ताल जोगाउन करोडौँ रकम खर्चेर हर्पन खोलामा निर्माण भएको सिल्टेसन डयाम बाढीले बगाएको हो ।

पोखरा महानगरपालिका वडा नं २३ मा रहेको उक्त डयाम भत्किएकाले तटीय क्षेत्रको बस्ती जोखिममा परेको छ ।

वर्षामा आउने बाढी पहिरोलाई रोकेर फेवातालमा जाने ढुंगामाटो रोक्ने उद्देश्यले हर्पन खोलामा सिल्टेसन ड्याम निमार्ण गरिएको थियो ।

पोखरा महानगरपालिका र प्रदेश सरकारको लगानीमा ड्याम निमार्ण भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार