काठमाडौँ । भारतमा हिरो मोटोकर्पले जुन महिनामा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ।
फेडेरेसन अफ अटोमाबाइल डिलर्स एसोसिएसन (फाडा)का अनुसार कम्पनीले १ महिनामा ४ लाख १५ हजार दुईपांग्रे सवारीसाधन बिक्री गरेको हो।
भारतीय बजारमा दुईपांग्रे सवारीसाधनमा हिरोमोटोकर्पको एक्लैको मार्केट सेयर ४४.६५ प्रतिशत रहेको छ।
दोस्रोमा रहेको होन्डा मोटरसाइकल एन्ड स्कुटरले १ महिनामा १ लाख ९६ हजार मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ। तेस्रोमा रहेको टीभीएस मोटरले १ लाख १९ हजार बिक्री गरेको छ।
त्यस्तै बजाजले १ लाख ७ हजार, रोयर इन्फिल्डले ३६ हजार, सुजुकी मोटरसाइकल २५ हजार, यामाहाले २२ हजार ४०० बाइक बिक्री गरेको छ।