• आइतबार, असोज ११ २०८३

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोबले आत्मसमर्पण गरे


बिहिबार, असार २४ २०७८
875
Shares

काठमाण्डौ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि उनले आत्मसमर्पण गरेका हुन् ।

क्वाजुलु–नाताल प्रान्तमा रहेको आफ्नो घर नजिकैको जेलमा उनी गएका बीबीसीले जनाएको छ।

भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित हुन भनिएको उनलाई अदालत नगएकाले गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो ।

उनी ९ वर्ष सत्तामा रहँदा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धानका लागि आवश्यक प्रमाण दिन दिएको आदेश उनले मानेका थिएनन् ।

दक्षिण अफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल चलान भएको यो पहिलो पटक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार