गोरखा । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ बराहका ८३ वर्षीय वृद्धको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
केही दिन अघि स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि काठमाण्डौ लगिएको थियो । काठमाण्डौको शिक्षण अस्पताल महाराजगञ्गमा गरिएको परीक्षणका क्रममा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।
उनी विभिन्न खाल दिर्घरोगबाट पिडित रहेको परिवार स्रोतले जनाएको छ ।