• आइतबार, असोज ११ २०८३

‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दसौं संकरणका लागि आवेदन खुल्ला


बुधबार, असार २३ २०७८
910
Shares

काठमाण्डाै । ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दसौं संकरणका लागि आवेदन खुल्ला गरिएकाे छ । सिजन मिडिया प्रा.लि.काे आयाेजनामा एसइई परिक्षा दिएर वसेका युवतीहरुमा केन्द्रित गरी विगत १० वर्षदेखि निरन्तर रुपमा गर्दै आएको ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१ नामक कार्यक्रमको आवेदन फारम खुल्ला गरीएकाे हाे ।

कार्यक्रमको लागि व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज रहेको छ भने मुख्य प्रायोजकमा नामि कलेज रहेको छ । साथै अन्य कलेजहरुमा क्याम्पीयन एकाडमी, साउथ वेस्टन स्टेट कलेज ,रेडन कलेज आदिको सहयोग रहेको छ ।

यो प्रतियोगितामा २०७७ सालमा एसईइ परिक्षामा समावेश भएको र आफ्नो नतिजाको पर्खाइमा रहेका छात्राहरुल सहभागिता गर्न पाउनेछन । उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगि र मनोरन्जन तथा मोडलिङयात्राको लागि पनि सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएकोे हो ।

प्रतियागिताको आवेदन फारम साउन १५ गते सम्म कमलादी स्थित सिजन मिडियाको कार्यालयमा उपस्थित भइ भर्नु पर्ने बताइएकाे छ । प्रतिस्प्रर्धामा काठमाडौ तथा उपत्यका वाहिर जिल्लामा रहेका विभिन्न स्कुलका एसइइ रिजल्टको प्रतिक्षामा रहेका छात्राहरुले आवेदन भाग लिन पाउनेछन् ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७८ साल श्रावण तेस्रो सातावाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , ¥याम्प सो , शारारिक फिटनेश ,फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने छ भने विभिन्न कलेजहरुको भ्रमण गराइने प्रालिले जनाएकाे छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफी रोजीन शाक्यले गर्ने र आगामी भाद्र अन्तिम साता उक्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१ को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप ,मोवाइल,म्यूजिक भिडियो खेल्ने अवसर, साथै अन्य गिफ्टहयाम्पर पाउने छन् ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने छ भने यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार