आज राति र भोलि (बिहीबार) गण्डकी र लुम्बिनी प्रदशेमा निकै ठूलो वर्षा हुने सम्भावना देखिएकाले होसियार रहन मौसमविद्ले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ जारी गरेको सूचनाअनुसार आज राति र भोलि गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारीसम्म वर्षा हुने सम्भावना देखिएको हो।
‘वर्षा हुन सक्ने आसपासमा खोलानाला बढ्न सक्ने, पहिरो जान सक्ने र बाटोहरू बन्द हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुहोला,’ सूचनामा भनिएको छ।