गोरखा । कार्यक्षेत्र जादैगर्दा गोरखामा एक प्रहरी जवान सम्पर्क विहिन भएका छन् । कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका- २ घर भई हाल प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँवर २३ दिनदेखि बेपत्ता भएका हुन ।
उनि गत असार १ गतेदेखि सम्पर्कविहिन भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गोरखा सदरमुकामबाट एकदिन मोटरबाटाे र चार दिन पैदल हिडेर पुग्नुपर्ने सामागाउँ जान असार १ गते बिहान उनलाई साथीहरुले धार्चे गाउँपालिका-३ तातोपानीसम्म पुर्याएर फर्किएका थिए । तर त्यसपछि उनि सम्पर्कमा नआएकाे एसपी शेखर खनालले जानकारी दिए ।
अत्याधिक बर्षातका कारण उनि गएकै दिन सो क्षेत्रका विभिन्न ठाउँमा बाढी पहिरो गएको थियो।
११ वर्षअघि प्रहरी सेवामा भर्ना भई कार्यरत कुँबर गत चैतदेखि प्रहरी चौकी सामागाउँमा गत चैतदेखि सेवारत थिए।
हाल उनको खोजीका साथै अनुसन्धान भइरहेकाे बताइएकाे छ ।