काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का २ हजार ९ सय ७९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ८ सय ३५ जनाको पीसीआर टेष्ट गर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभरमा ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।