• आइतबार, असोज ११ २०८३

बालुन डि’ओर पावर र्‍यांकिङमा मेस्सी अग्र स्थानमा


बुधबार, असार २३ २०७८
825
Shares

काठमाडौँ । अर्जेन्टिना र बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सी बालुन डि’ओर पावर र्‍यांकिङमा शीर्ष स्थानमा उक्लिएका छन्।

सन् २०१९ मा अन्तिमपटक पनि मेस्सीले कीर्तिमानी छैठौंपटक बालुन डि’ओर अवार्ड हात पारेका थिए।

यतिबेला क्लब र देशका लागि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका मेस्सीले नै सातौंपटक बालुन डि’ओर जित्ने सम्भावना बढेको गोल डटकमको अनुमान छ।

मेस्सी कोपा अमेरिका खेल शुरुहुन अगाडि मेस्सी यस पावर र्‍यांकिङमा ५ औं स्थानमा थिए। तर कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेकै कारण मेस्सी शीर्ष स्थानमा पुगेका हुन्। मेस्सीले गत सिजन बार्सिलोनाबाट ला लिगामा सर्वाधिक ३३ गोल गरेका थिए, उनले १३ असिस्ट दिँदा कोपा डेल रे उपाधि हात पारे।

कोपा अमेरिकामा मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिना फाइनल प्रवेश गरिसकेको छ। मेस्सीले ६ खेलमा ४ गोल र ५ असिस्ट गरेका छन्। उनी यस प्रतियोगिताको पनि सर्वाधिक गोलकर्ता हुन्। अर्जेन्टिनाले आइतबार ब्राजिललाई कोपाको फाइनलमा जिते मेस्सी बालुन डि’ओरका सबैभन्दा बलियो दाबेदार हुनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार