काठमाडौँ । सेयबजार आज दोहोरो अंकले घटेको छ। नेप्से १६.९७ अंकले र सेन्सिटिभ सूचक १.५० अंकले ओरालो लागेको हो
नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा ४६ हजार १ सय ८३ पटकको खरिदबिक्रीमा चार अर्ब ५८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो।
आज विकास बैंक समूह र माइक्रोफाइनान्स समूहको मात्रै सूचक हरियो छ। बाँकी ११ समूहको कारोबार सूचक राताम्य छन्।
आज बुधबार ४३ करोडको अधिकतम कारोबार भएको छ।