• आइतबार, असोज ११ २०८३

युरोकप फुटबलको अन्तिम सेमिफाइनलमा आज इंग्ल्यान्ड र डेनमार्क भिंड्दै


बुधबार, असार २३ २०७८
500
Shares

काठमाडौँ । युरोकप फुटबलको अन्तिम सेमिफाइनलमा आज बुधबार इंग्ल्यान्ड र डेनमार्क विचको खेल हुँदै छ ।

लन्डनको वेम्बली स्टेडियममा हुने खेल नेपाली समयअनुसार १२४५ मा सुरु हुनेछ। दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।

आजको खेलको विजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। उपाधि भीडन्त आइतबार हुनेछ।
पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

युरोकपमा शानदार प्रदर्शन गर्दै आएको इंग्ल्यान्ड सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्न चाहन्छ।

युरोकपमा इंग्ल्यान्ड र डेनमार्क सन् १९९२ पछि पहिलो पटक भेट हुँदै छन्। युरोकपमा छैटौँ पटक दुई टोली भिड्न लागेका हुन्। अहिलेसम्म युरोकपमा भएको पाँच भेटमा इंग्ल्यान्डले २ खेलमा जित निकालेको छ। दुई खेल बराबरीमा टुंगिँदा एक खेलमा डेनमार्कले जित निकालेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार