• आइतबार, असोज ११ २०८३

यूएईबाट नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट


बुधबार, असार २३ २०७८
690
Shares

संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् ।


यूएईमा कार्यरत नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले ५९ हजार थान पीसीआर कीट खरिद गरी नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान सामाग्री नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ ।

५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग वितरण गरिने भएको छ ।

कोरोना विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न यूएईमा कार्यरत नेपालीले झण्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी पीसीआर किट किनेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार